काठमाडौँ ,३० भाद्र । आन्दोलनरत मधेशी मोर्चाका कार्यकर्ताले कपिलवस्तुका दुई वटा प्रहरी चौकीमा आगजनी गरेका छन् । उनीहरुले लबनी र बिजुवा गाविसमा रहेको अस्थायी प्रहरी चौकीमा गएराती आगजनी गरेका हुन् । प्रदर्शनकारीले त्यहाँ रहेको ग्यास सिलिण्डर, ग्यास चुल्हो लगायतका सामान भने लगेका प्रहरीले जनाएको छ ।
घटनापछि चौकीमा कार्यरत १० जना प्रहरीलाई ईलाका प्रहरी कार्यालय पकडीमा सारिएको प्रहरीले जनाएको छ ।