भैरहवाबाट मधेसी मोर्चाका नेताहरु पक्राऊ

३० भदौ, भैरहवा । रुपन्देहीको भैरहवाबाट प्रहरीले मधेसी मोर्चामा आबद्ध दलका नेताहरुलाई पक्राउ गरेको छ । तराई मधेस लोकतान्त्रिक पार्टीका अजय बर्मा, तराई मधेस सदभावनाका श्रीनिवास यादव र मधेसी मोर्चामा आवद्ध आशिष गिरीलाई प्रहरीले भैरहवाको मिलनचोकबाट पक्राउ गरेको हो ।
मंगलबार राति बेथरी घटनाको विरोधमा बुधबार भैरहवा बजार बन्द गराउँदै हिँड्दा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको रुपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले अनलाइनखबरलाई बताए ।
बेथरीमा प्रहरीले चलाएको गोली लागेर ४ वर्षीय बालकसहित ४ जनाको मृत्यु भएको थियो । स्थानीय प्रशासनले बेथरी वरपरका क्षेत्रमा शुक्रबार बिहान १० बजेसम्मका लागि कर्फ्यू लगाएको छ ।