लसुन हरेक प्रकारको भोजनमा प्रयोग गर्न सकिन्छ । तपाईं सोच्न पनि सक्नु हुन्न कि एउटा लसुनले शरिर भित्र पैदा हुने अनेकौँ रोगहरुलाई नाश गर्ने गर्दछ । यो धेरै प्रकारको रोकथाम तथा उपचारमा प्रभावकारी हुन्छ । जब तपाईं केहि खानुभन्दा पहिले लसुन खानुहुन्छ भने यसले तपाईंको ताकत बढाउने गर्दछ । यसकारण यो एक महत्वपूर्ण प्राकृतिक एन्टीबायोटिक हाे । बिहान खाली पेटमा लसुन खानु किन प्रभावकारी मानिन्छ ? यसले ब्याक्टेरिया ओभरएक्सपोज्ड हुने गर्दछ र लसुनको शक्तिले यस्ता ब्याक्टेरियाहरु आफ्नो रक्षा गर्न सक्दैनन् । यसबाट हुने स्वास्थ्य लाभको सूची कहिले पनि खत्तम हुँदैन ।
१. उच्च रक्तचापबाट बचाउँछः लसुन खानाले हाइपरटेन्सनको लक्षणबाट राहत मिल्ने थुप्रै मानिसहरुको विश्वास छ । यसले मानिसहरुको रक्त संचारलाई नियमित त राख्छ नै यसले हृदयसम्बन्धी समस्याहरुबाट पनि टाढा राख्दछ । यसका साथै यसले फोक्सोलाई पनि फाइदा पुर्याउने गर्दछ । २. झाडा–पखाला कम गर्दछः पेटसँग सम्बन्धित समस्याहरु जस्तै झाडापखाला आदिको उपचारमा पनि लसुन प्रभावकारी मानिन्छ । ३. भोक बढाउँछः यसले पाचन प्रक्रियालाई उत्तेजित गर्ने गर्दछ जसका कारण यसले भोकलाई बढाउने गर्दछ । लसुनले तपार्इंको तनावलाई पनि कम गर्ने गर्दछ । जतिबेला तपाईंलाई डर लाग्छ तब पेटमा एसिड बन्ने गर्दछ । लसुनले यस्तो प्रकारको एसिडलाई बन्न बाट रोक्दछ । ४. वैकल्पिक उपचारः जब डिटक्सिीफिकेसनको कुरा आउँछ तब वैकल्पिक उपचारको रुपमा लसुन निकै प्रभावशाली मानिन्छ । लसुन यति धेरै शक्तिशाली हुन्छ कि यो शरिरमा परजीवी र किराहरुबाट बचाउँछ । विभिन्न रोगहरु जस्तै डाइबिटिज, डिप्रेसन तथा केहि प्रकारको क्यान्सको रोकथामा पनि सहायक हुने गर्दछ । ५. सावधानीः यदि तपाईंलाई लसुनको कुौ पनि प्रकारको एलर्जी छ भने यी दुई कुरामा ध्यान दिनुहोस्ः कहिले पनि यसलाई काँचो नखानुहोस् । पकाएर खाँदा पनि तपाईंलाई छालासँग सम्बन्धित केहि समस्या देखा पर्छ, ज्वरो आउँछ, टाउको दुख्छ भने यसको सेवन गर्न बन्द गर्नुहोस् । ६. श्वास–प्रणालीलाई बलियो बनाउँछः लसुन श्वास प्रणालीका लागि निकै लाभदायक मानिन्छ । यसले ट्युबरक्लोसिस, आस्थमा, निमोनिया, ब्रोन्काइटिस, फोक्सोमा जमेको कफ आदि रोकथाम तथा उपचारमा निकै प्रभावशाली हुन्छ । ७. ट्युबरक्लोसिसमा लाभकारीः ट्युबरक्लोसिसमा लसुनमा आधारित यो उपचारलाई अपनाउनुहोस् । एक दिनमा लसुनको पोटी पूरै खानुहोस् । यदि तपाईं काँचो लसुनको सेवन गर्नसक्नुहुन्न भने त्यसलाई पोलेर अथवा भुटेर खानुहोस् ।