घुस लिएको रकम दुई झोला र एक पोकामा थियो । दुईओटा गाडीमा रहेका उनीहरूको साथबाट नगद २१ लाख ४० हजार बरामद भएको हो । कार्कीको घरमा पनि रकम लुकाएर राखेको खबर पाएपछि अख्तियारको टोली आकाशे धारा पुगेको थियो । कार्की पक्राउ परेको थाहा पाएपछि उनकी श्रीमतीले पैसा र गहगहना धुम्बाराहीस्थित छोरीको साथीको घरमा फोहोर राख्ने ड्रममा लुकाएकी थिइन् । तर, केहीबेरमै कार्कीका श्रीमतीलाई खोज्दै पुगेका प्रहरीले उक्त स्थानबाट ५० लाख ९५ हजार नगद र केही गहना फेला पारेको थियो । हाकिम सुदीपचन्द्र साहले अवैध सुन तस्करीमा पक्राउ परेकालाई छुटाउन रकम लिन भनेपछि आफूले लिएको कार्कीले बताएका छन् । पक्राउ परेका एजेन्ट भट्टराईले भने अभिषेक सरकारलाई छुटाउन रकम दिएको बताएका छन् । अख्तियारको टोलीले दुईओटा गाडी पनि नियन्त्रणमा लिएको छ । अवैध सुन ल्याउँदा पक्राउ परेका भारतीय नागरिक भने पुर्पक्षका लागि थुनामा छन् ।
७२ लाख घुस लिँदै गर्दा विमानस्थल भन्सारका सुब्बा रंगेहात पक्राउ