धर्ममा आघात पुर्‍याउँदिनः अक्षय कुमार

akachya (2)

मुम्बई । अक्षय कुमार अभिनित चलचित्र ‘ब्रदर’ को सिनेमा घरहरुमा प्रदर्शन जारी नै छ । उनी अर्को फिल्म ‘सिंह इज ब्लिंग’ को प्रमोशनमा जुटीसकेका छन् ।
नाम उस्तै लागे पनि सन २००८ मा रिलीज भएको अक्षय कुमारकै ‘सिंह इज किंग’ सिक्वेल होईन यो सिनेमा । अघिल्लो चलचित्रमा उनले सिख युवक ह्याप्पी सिंहको भुमिका निर्वाह गरेका थिए । नयाँ फिल्ममा रफ्तार सिंह बनेका छन् ।

akachya (3)
‘सिंह इज ब्लिंग’को टे्रलर लञ्च कार्यक्रममा ट्याक्टर चढेर आएका अक्षय कुमारले कार्यक्रममा उपस्थितलाई चकित पारे । अन्य फिल्मी कार्यक्रमको तुलनामा मौलिक थियो उक्त कार्यक्रम । उनको भनाई अनुसार अघिल्लो फिल्मको तुलनामा यो फिल्म धेरै कुरामा फरक छ । साथै पुरानो गल्ती नदोहोर्‍याएको दाबी गरेका छन् उनले ।
सन २००८ मा ‘सिंह इज किंग’ रिलिज हुनु भन्दा पहिल्यै सिख समुदायले अक्षयको फिल्मको विरोध गरेका थिए । उक्त चलचित्रमा अक्षयले एक सिख युवकको भुमिका निर्वाह गरेका थिए भने उनको भेषभुषा धार्मिक मान्यता अनुसार नभएको सिख समुदायको गुनासो थियो ।
फेरि यस्तो गुनासो नओसर र विवाद नहोस् भन्नका लागि अक्षय कुमार लगायत सिंगै टिम सचेत थिए । उनीहरुले शिरोमणि गुरुद्धारा प्रबन्धक कमिटीका एक सदस्यलाई सुटिङ अवधिभर साथमै लिएर सुटिङ गरेका थिए । सिंह इज किंग भन्दा धेरै कुरामा फरक भएपनि राउडी राठौरसँग केही मिल्दो भएको अक्षयको भनाई थियो ।
निर्देशक प्रभुदेवाको साथ अक्षयको यो दोस्रो चलचित्र हो । ‘पछिल्लो दुई वर्ष यता मैले कमेडी गरेको थिईन । त्यसकारण मैले यस किसिमको फिल्मको प्रतिक्षा गरेको थिँए ।’ अक्षयले भने ।
यस फिल्ममा एक्सन पनि निकै छ । अभिनेत्री एमी ज्याक्सनको तारीफ गर्दै उनले भने ‘एमीले फाईट पनि निकै राम्रो गर्दिरहिछन् ।