६ भदौ, काठमाडौं । प्रमुख चार दलले सात प्रदेशको सीमांकनको विरोधमा आन्दोलनरत पक्षहरुलाई वार्तामा आउन आहृवान गरेको छ ।
सिंहदरवारमा बसेको बैठकमा फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार पनि सहभागी भएका थिए ।
बैठकले आन्दोलनरत पक्षहरुलाई वार्तामा आउन आग्रह गरेको छ । साथै प्रधानमन्त्री सुशील कोइरालाले असन्तुष्ट दल र पक्षहरुलाई वार्तामा आउन औपचारिक अपिल गर्ने सहम भिएको छ ।
प्रधानमन्त्रीले वार्ता मार्फत समस्या समाधान गरेर संविधान निर्माणमा लाग्न आग्रह गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सात प्रदेशको सीमांकनको विरोधमा थारु, मधेसी र जनजातिले आन्दोलन गर्दै आएका छन् ।
सात प्रदेशको सीमांकनको विरोधमा थारु, मधेसी र जनजातिले आन्दोलन गर्दै आएका छन् ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै गच्छदारले ८ प्रदेश बनाउन आफूले भन्दै आएको र आइतबारको बैठकमा पनि प्रष्ट कुरा राखेको जानकारी दिए ।