नेपालको संबिधान २०७२ विश्वकै “नमुना समाबेशी संबिधान” हुने : अध्यक्ष ढकाल

unnamedकाठमाडौँ ,३० भाद्र । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले संबिधान भित्र सबैको हक अधिकार समेटिने बताउनु भयको छ । दक्षिण एसियाका युवा आगुवाहरुलाइ सम्बोधन गर्दै सभासद ढकालले यस्तो बताउनु भयको हो ।
संविधानको परिमार्जित मसौदामाथि धेरै महत्वपूर्ण प्राबधान हरु संशोधनको  माध्यमबाट प्रवेश गराईएको र केहि बाँकि  प्राबधानहरु प्रमुख दलका शिर्ष नेताहरुले संबिधान सभाको बैठकमा प्रतिबद्धता जनाए  अनुसार संबिधान निर्माण  भैसकेपछि पुन संशोधनको  माध्यमबाट सम्बोधन हुने भयकोले अब सबै नेपालीले संबिधानको स्वागत गर्नु पर्छ भन्नु भयो । नेता ढकालले तराई मधेशमा भयको आन्दोलनका मागहरु तथा आदिबासी जनजाति, मधेसी, थारु, दलित, मुस्लिम, उत्पीडित बर्गको मुद्धाहरु  प्रतिबद्धता जनाय अनुसार संबिधान बनेपछि सम्बोधन नभय आफ्नो पार्टी पनि यी उत्पीडित जातिको माग पुरा गर्न संगै शान्तिपूर्ण आन्दोलन गर्ने बाताउनु भयो  । अध्यक्ष ढकालले संबिधान घोषणाको  लागि भब्य तयारी भयको बताउदै नेपालको संबिधान २०७२ विश्व स्तरमानै नमुना समाबेशी संबिधान हुने दाबी गरे । दक्षिण एसियाका युबाहरुलाई जिम्बेवार भयर नेतृत्व विकास गर्न र मिलेर दक्षिण एसियाको भविष्य निर्माण गर्न आग्रह गर्दै यो क्षेत्रको शान्ति, स्थायित्व र विकास युबहरुकै हातमा रहेको बताउनु भयो  । काठमाडौँमा भैरहेको दक्षिण   एसियाली युवा नेतृत्व सम्मेलनमा भारत, पाकिस्तान, बंगलादेश, नेपाल, जापान, फिलिपिंन्स लगायत का देशका युवा नेताहरुको सहभागिता रहेको छ ।