प्रहरीद्वारा अश्रुग्यास र हवाइ फायर

प्रदेश सीमांकनको विरोधमा आन्दोलनरत मोर्चाका कार्यकर्ताहरुले पिडरिया माइस्थानस्थित कांग्रेस जिल्ला कार्यालयमा आगजनी गरेका थिए भने एमाले कार्यालयमा तोडफोडको प्रयास गरेका थिए । रामचोकमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । अहिले जनकपुरको अवस्था तनावग्रस्त छ । मोर्चाका कार्यकर्ताहरुले जनकपुरमा लाठीसहित प्रदर्शन समेत गरेका थिए ।
यसैबीच महोत्तरीको गौशालामा प्रदर्शनकारीले प्रहरी विटमा आगजनी गरेका छन् ।