इस्लामाबाद, भदौ १५ गते । पाकिस्तानको उत्तरपश्चिमी आदिबासी खैबर प्रान्तमा बिहीबार बिहान भएको एक आत्मघाती आक्रमणमा कम्तीमा छ व्यक्तिको मृत्यु भएको समाचार छ ।
सो आक्रमणमा परी अन्य ५० जना घाइते भएका स्थानीय सञ्चारमाध्यम तथा सरकारी अधिकारीहरूले जनाएका छन् ।
एक अधिकारी साहब अलिसाहका अनुसार आत्मघाती आक्रमणकारी खैबर प्रान्तको प्रान्तीय राजधानी जाम्रुदमा आदीबासी प्रहरी बलको प्रवेशद्वारबाट प्रवेश गर्न खोज्दै गर्दा सो विस्फोट गराउन खोजेको जनाइएको छ । रासस÷सिन्ह्वा