२० भदौ, रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा ४ मा दाउरा लिन गएका दुई वालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ ।
चन्द्रपुर नगरपालिका-४ का ११ बर्षीया आशा कुमारी बैठा र १२ बर्षीया मनिषा कुमारीको पोखरीमा डुबेर ज्यान गएको हो । घरबाट जंगलमा दाउरा लिन गएको बेला डाबरी नजिक रहेको पोखरी नुहाउन खोज्दा उनीहरु डुबेको ईलाका प्रहरी चन्द्रनिगाहपुरले जनाएको छ ।
दाउरा लिएर घर तर्फ र्फकने क्रममा गर्मी भएपछि उनीहरु नुहाउन पोखरीमा पसेका थिए । छोरी अबेर सम्म घर नआए पछि खोज्दै जाँदा पोखरीमा मृत अवस्थामा फेला परेको आशाका बुवा चन्देश्वर बैठाले बताए ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी टोली घटनास्थलमा पुगेर दुवै बालिकाको शव बाहिर निकालेको थियो । शव पोष्टमार्टमका लागि चन्द्रनिगाहपुर अस्पतालमा ल्याइएको प्रहरी नायव उपरिक्षक मनोज यादवले बताए ।