जोरपाटीमा गोली चल्यो, एक घाइते, एक पक्राउ

२० भदौ, काठमाडौं । काठमाडौंको जारपाटीमा आइतबार साँझ गोली चलेको छ ।गोली लागेर सर्लाही घर भएका २४ वर्षका राजकुमार वाइवा घाइते भएका छन् । उनको गालामा चोट लागेको छ र अवस्था सामान्य छ ।

गोली चलाउने दोलखा घर भई स्वयम्भू बस्ने तेन्जिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । उनको साथबाट एक थान पेस्तोल र म्यागजिन बरामद भएको छ ।