“प्रहरी परिवारकै कर्मठ योद्धा हामीले गुमाउँदा दुःखित भएका छौँ” उहाँले भन्नुभयो– “विचलित नभई शान्ति सुरक्षा प्रत्याभूत गराउनुका साथै टीकापुर घटनाका दोषीलाई कानुनी दायरामा ल्याउँछौँ ।”उच्चस्तरीय छानबिन समितिले दिएको प्रतिवेदनअनुसार दोषी पत्ता लगाई कारबाहीका लागि कडा कदम चलाउन आफू पछि नहट्ने प्रहरी नायब महानिरीक्षक नेपालले बताउनुभयो । उहाँले मृतक परिवारका बालबालिकाको संरक्षण तथा अध्ययनका लागि पहल गरिने बताउनुभयो ।
थरुहट थारुवान आन्दोलनका क्रममा कैलालीको टीकापुर घटनामा परी प्रहरी निरीक्षक विष्टको भदौ ७ गते हत्या गरिएको थियो भने घटनामा घाइते भएका प्रहरी हबल्दार नेगीको उपचारको क्रममा भदौ ८ गते मृत्यु भएको थियो ।