४ भदौ, काठमाडौं ।कांग्रेसले मस्यौदा समितिको म्याद पाँच दिन थपेर पाँच विकास क्षेत्रलाई नै पाँच प्रदेश बनाउने गरी छलफल सुरु गर्न पनि प्रस्ताव गरेको छ । कांग्रेस उपसभापति रामचन्द्र पौडेलले राखेको प्रस्ताव एमाओवादी र फोरम लोकतान्त्रिकले अस्वीकार गरेका थिए । एमालेले भने सबैले स्वीकार गरे आफूहरू पनि मान्न तयार रहेको जनाएको स्रोतले बतायो ।
‘बैठकमा कांग्रेसका नेताहरूले सबै विकास क्षेत्रअनुसारको प्रदेश बनाउन प्रस्ताव गरे,’ स्रोतले भन्यो, ‘एमाले नेताहरूले सबैले स्वीकार गरे भने आफूहरू पनि मान्न तयार भएको, तर त्यसकै बहानामा यो प्रक्रिया लम्ब्याउन नहुने बताएका थिए ।’

एमाओवादी र फोरम लोकतान्त्रिकले जनताका आवाज सम्बोधन नगरी यथास्थितिमा अघि बढ्न नसकिने बताएका थिए । उनीहरूले कांग्रेस र एमालेले जनताका आवाज पनि सम्बोधन नगर्ने र प्रक्रिया पनि अघि नबढाउने हो भने आफूहरू अब सोच्न बाध्य हुने चेतावनी दिएको स्रोतको भनाइ रहेको नयाँ पत्रिकामा खबर छ ।
विशेष समिति संयोजक भट्टराईले संविधानसभाको निर्देशनअनुसार कि शुक्रबारसम्ममा विवाद समाधान गर्नुपर्ने कि प्रक्रियामा अघि बढाउने विषयमा सहमति गर्नुपर्ने बताए । अहिलेकै अवस्थामा संविधान निर्माण प्रक्रिया अघि बढ्न नसक्ने उनको भनाइ छ ।