पौने दुई किलो चरेससहित दिदी बहिनी पक्राउ

Bimala-and-Kumari-Tamang
५ भदौ, भैरहवा । रुपन्देहीको सीमा नाका बेलहियामा लागुऔषध चरेससहित दिदी बहिनी पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा बाग्लुङ्ग निसी ९ की २९ बर्षीया बिमला घर्तीमगर र निसी ७ की ३२ बर्षीया कुमारी घर्ती मगर छिन् । उनीहरु ठुली आमा र सानी आमाकी छोरीहरु हुन् ।
बुटवल बसपार्कबाट पौने दुई किलो चरेस लिएर भारतको चन्डीगढ जाने क्रममा उनीहरुलाई सीमा क्षेत्रमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । मानव बेचविखन बिरुद्ध कार्यरत संस्था केआई नेपालले सोधपुछको क्रममा उनीहरुको झोलाबाट लागुऔषध भेटिएपछि ईलाका प्रहरी कार्यालय बेलहीयालाई बुझाइएको हो ।

भारतको विन-विन कम्पनीमा जागिर गर्न जान लागेको बताउने उनिहरुलाई परामर्श दिने क्रममा लागुऔषध फेला परेपछि प्रहरीलाई खबर गरिएको केआई नेपाल रुपन्देहीकी ईन्चार्ज तारा सापकोटाले जानकारी दिइन ।
आफ्नो मामा विकास धर्ती मगरको आग्रहमा बुटवल बसपार्कबाट मामाको साथीले दिएको चरेस भारताको चण्डीगढमा पुर्ाउने जाने क्रममा पक्राउ परेको बिमला घर्तीमगरले अनलाइनखबरलाई बताइन् ।
पक्राउ परेका दुवै दिदी बहिनीलाई लागुऔषध मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र ढकालले बताए ।
विन-विन कम्पनीले नेटवर्किङ्ग व्यवसाय गर्ने गर्दछ । कम्पनीबाट सयौं नेपाली ठगिएको उजुरी परेपछि प्रहरीले विन-विन कम्पनीमा जान कडाई गरेको छ । कतिपय नेपाली चेलीहरुलाई विन-विन कम्पनीमा रोजगारी दिने भन्दै अन्यत्र लगेर बेचबिखन गर्ने गरीएको आशंका मानव बेचबिखन बिरुद्ध कार्यरत संस्था र प्रशासनको छ ।