२ भदौ, राजविराज । सप्तरीको भारदहको स्थिति बुधबार पनि तनावग्रस्त भएको छ । विहानैदेखि प्रदर्शनमा उत्रिएकाहरुले दुईवटा मोटरसाइकलमा आगजनी गरेका छन् । उनीहरुले सडक अबरुद्ध पारेका छन् ।
मंगलबारको प्रदर्शनमा प्रहरीको गोली लागेर स्थानीय राजीव राउतको मृत्यु भएको थियो । त्यसलगत्तै लगाइएको कर्फ्यू बुधबार विहान ५ बजेपछि हटाइएको थियो । कर्फ्यू अन्त्य भएपछि पुनः प्रदर्शन जारी छ ।
नयाँ संविधानको मस्यौदामा असन्तुष्टी जनाउँदै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तराई-मधेसका जिल्लामा अनिश्चितकालीन बन्द जारी राखेको छ । बन्दका कारण जनजीवन कष्टकर बनेको छ ।
यो पनि पढ्नुस्