आखिर त्यो तालमा किन यतिधेरै चट्याङ पर्छ होला ? वैज्ञानिकहरुले यस विषयमा विभिन्न खाले सिद्धान्त प्रतिपादन गरेका छन् । तिव्र गतिको हावाले तालको ओसिलो हावालाई जोडसँग सोहोरेर लग्ने र नजिकैको एन्डियन पहाडमा ठोक्काउने गर्दा यस्तो भएको कतिपयको भनाइ छ । अर्को सिद्धान्त अनुसार ताल क्षेत्रको धापमा कुहेका जिव तथा वनस्पतीबाट निस्किएको मिथेन ग्यासका कारण यस्तो चट्याङ निरन्तर पर्ने गर्छ ।
माराकाइबो ताल पहाडले घेरिएको छ । पहाडहरुले क्यारेबियन सागरबाट आउने न्यायो व्यापारिक वायुलाई ट्रयाप गर्दछन् । त्यो न्यानो हावा एन्डिज पर्वतबाट झर्ने चिसो हावासँग ठोक्किन्छ । त्यसपछि दुवै हावा माथि उठ्छन् र गर्जन सहित निरन्तर विजुली चम्किन्छ ।
वैज्ञानिकहरुका अनुसार माराकाइबो तालमाथिको आकाशमा चम्किरहने विजुलीका कारण उत्पन्न भएको उर्जाबाट पूरै ल्याटिन अमेरिकामा विजुली बाल्न पुग्दछ ।