शीर्ष बैठकमा प्रधानमन्त्री कोइराला अनुपस्थित

Susil-Koirala
संघीयताबारे सहमति खोज्न बसेको चार दलका शीर्ष नेताहरुको विशेष समितिको बैठकमा प्रधानमन्त्री सुशील कोइराला अनुपस्थित भएका छन् ।
बुधबार एमााओवादीले नौंबुँदे साझा प्रस्तावमा कांग्रेस र एमालेले अघि सारेको सात प्रदेशमा जाने प्रस्ताव गरेपछि कोइराला रिसाएर हिँडेका थिए ।

बिहीबारको बैठकमा कोइराला अनुपस्थित भए । अस्वस्थ्य भएको भन्दै कोइराला अनुपस्थित भएकाले बैठकमा कुनै ठोस सहमति हुन सकेन ।