२ भदौ, काठमाडौं । इन्डियन एयरलाइन्सलाई उछिन्दै जेट एयरवेज नेपाली आकाशमा सबैभन्दा बढी यात्रु बोक्ने एयरलाइन्स बनेको छ । जेट एयरवेजले सन् २०१४ मा तीन लाख ८४ हजार १३९ यात्रु बोकेर पहिलो बनेको हो ।
जेट एयरवेजले २०१४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ३ हजार १७८ उडान अवतरण गरेको थियो । १५ सय ८८ उडानमार्फत एक लाख ९९ हजार ८७८ यात्रु बोकेको थियो भने १५ सय ९० अवतरणमार्फत एक लाख ८४ हजार २६१ यात्रु नेपाल भित्राएको थियो ।
अघिल्लो वर्ष २०१३ मा पहिलो नम्बरमा रहेको इन्डियन एयरलाइन्स पाँचौं नम्बरमा झरेको छ । इन्डियन एयरलाइन्सले २०१४ मा दुई लाख ३६ हजार ३१९ यात्रु ओसार पसार गरेको छ । दुबै भारतीय वायुुसेवा कम्पनी हुन् ।
धेरै यात्रु बोक्नेमा दोस्रो स्थान कतार एयरवेजले लिएको छ । कतर एयरवेजले तीन लाख २१ हृजार ९ सय ७५ यात्रु बोक्दै दोस्रो बन्न सफल भएको हो । २०१३ मा कतार एयरवेज तेस्रो स्थानमा रहेको थियो ।
एयर अरेविया तेस्रो भएको छ भने फ्लाई दुबई चौथो नम्बरमा रहेको छ । नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्स सातौं नम्बरमा रहेको छ । नेपाल एयरलाइन्सले १४ सय ३८ वटा अन्तर्राष्ट्रिय उडान अवतरण मार्फत दुर्इ लाख ६ हजार ४३० यात्रुलार्इ सेवा प्रदान गरेको छ ।
नेपाल एयरलाइन्सले २०१४ सम्म बैंकक, हङकङ मलेसिया र कतारमा उडान भर्दै आएको थियो । नयाँ एयरबस भित्राएपछि दिल्ली उडान सुरु गरिसकेको छ ।
भदौ १५ देखि बैंगलोर र मुम्बईमा उडान सुरु गर्दै छ भने बैंकक र हङकङ उडान बढाएको छ ।
बढी यात्रु बोक्ने प्रमुख १० एयरलाइन्स
एयरलाइन्स | यात्रु संख्या (आवत-जावत) |
---|---|
जेट एयरवेज | ३,८४,१३९ |
कतार एयरवेज | ३,२१९७५ |
एयर अरेविया | २,६८९५३ |
फ्लाई दुबई | २,४६,०५० |
इन्डियन एयरलाइन्स | २,३६,३१९ |
एयर एशिया | २,१३,४०६ |
नेपाल एयरलाइन्स | २,०६,४३० |
स्पाइस जेट | १,८१,९७६ |
मलेसियन एयर | १,६९,४५० |
इत्तिहाद एयर | १,६६,३५५ |
निकट भविष्यमा ग्वञ्झाओ र दुबईमा समेत उडान भर्ने तयारी निगमले गरेको छ । यही कारण सन् २०१५ मा निगमको अन्तर्राष्ट्रिय उडानमा सुधार हुने अपेक्षा गरिएको छ । अहिले निगमले दुईवटा बोइङ ७५७ र दुईवटा एयरबस ३२० बाट उडान भरिरहेको छ सन् २०१४ मा २६ वटा एयरलाइन्सले नियमित उडान भरेका छन् । केही एयरलाइन्सले चार्टड उडान समेत गरेका छन् । सो अवधिमा २७ हजार २०८ उडान अवतरणमार्फत ३५ लाख ११ हजार ३१४ यात्रु स्वदेश आवत जावत गरेका छन् ।यस अवधिमा १६ लाख २२ हजार १९९ यात्रु नेपाल भित्रिएका छन भने १८ लाख ८९ हजार ११५ यात्र नेपाबाट बाहिरिएको अध्यागमन विभागले जनाएको छ ।
२०१४ मा ५ सय १३ वटा चार्टड तथा अन्य उडान भएका थिए । चार्टड फ्लाइटबाट मात्र २६ हजार ७ सय यात्रु आवत जावत गरेका छन् ।
नेपाल उडान भरेका विमान
सन् २०१४ मा एयर अरेविया, इन्डियन एयरलाइन्स, बिमान बंगलादेश, बुद्ध एयर, बीटीएन, एयर चाइना, चाइना इष्टर्न, चाइना साउर्थन, ड्रुक एयर, इत्तिहाद एयर, फ्लाई दुबईले नियमित उडान भरे ।
यसैगरी, सोही वर्ष नियमित उडान गर्नेमा ड्रागन एयर, इन्डिगो एयर, जेट एयरवेज, कोरियन एयर, मलेसियन एयर, ओमान एयर, पाकिस्तान एयर, कतार एयर, नेपाल एयरलाइन्स, स्पाइस जेट, सिल्क एयर, थाइ एयर, ट्रकिस एयर, युनाइटेड एयर र एयर एशिया रहेका छन् ।