कसले गर्‍यो अक्षय पत्नीको अगाडि यस्तो हर्कत ?

akachya-kumar
बलिउडका चर्चित नायक अक्षय कुमारकी पत्नी नायिका ट्विकल खन्नाले आफू माथि १२ बर्षको उमेरमा नै अश्लिल हर्कत भएको खुलाएकी छिन् ।
अमेरिकाकी एक महिलामाथि गोपाल बाल्मिकी नामक एक युवकले हस्तमैथुन गरेको बिषयमा सोधिएको प्रश्नमा उनले आफू पनि बच्चा हुँदा यस्तो व्यवहारको शिकार भएको बताइन् ।

आफ्नो पहिलो पुस्तक ‘मिसेस फनीबोन्स’को विमोचनका क्रममा उनले भनिन्-‘जब म १२ बर्षको उमेरमा थिए, यस्तो घिनलाग्दो घटनाको सामाना गरिसकेको थिएँ ।’
उनले स्कूल भ्रमणको क्रममा जाँदै गर्दा एक यूवकले आफू माथि पनि यस्तै हर्कत गरेको बताएकी हुन् । उनले यस्ता मानिसको विरोध गर्नुपर्ने पनि बताइन् । मानिसक रोगले शिकार भएका व्यक्तिबाट यस्तो हर्कत हुने उनको भनाई छ ।