जनकपुरमा झडप, मधेसी मोर्चाका जिल्लास्तरीय नेतासहित १४ जना घाइते

Janakpur
२२ भदौ, काठमाडौं । जनकपुरको भानुचोकमा मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा प्रहरीले लाठी चार्ज गर्दा मधेसी मोर्चाका जिल्ला स्तरीय नेताहरु नै घाइते भएका छन् ।जनकपुरमा स्थानीय प्रशासनले दिउँसो १ बजेबाट अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो ।आन्दोलन मधेसी मोर्चाले निषेधाज्ञा तोड्न जुलुस निकाल्यो ।
जुलस भानुचोकमा पुगेपछि प्रहरीले रोकेपछि झडप सुरु भएको थियो ।झडपका क्रममा प्रहरीले लाठी चार्ज गर्दा तमलोपा धनुषा अध्यक्ष परमेश्वर साह, सदभावनाका संजय सिंह, रुपनारायण मण्डलसहित १४ जना घाइते भएका छन् ।
अहिले पनि प्रहरी र आन्दोलनकारीबीच झडप भइरहेको छ ।