ती गाविसमा भौगोलिक विकटता, यातायातको सहज अव्यवस्था र साल्ड टे«डिङले उचित ध्यान नपु¥याउँदा जोमसोमबाट पोकामा पाइने आयोडिन नुन पु¥याउन सकिएको छैन । स्थानीय केही व्यापारीले मुस्किलले पु¥याए पनि प्रतिपोका रु ६० भन्दा बढी पर्ने चर्राङकी पेमा खान्डोले बताउनुभयो । “यहाँका सर्वसाधारणले ६० तिरेर पनि आयोडिन नुन खान पाएका छैनन्”– उहाँले भन्नुभयो ।
“चाइनाबाट यस क्षेत्रमा निःशुल्क ढिके नुन आउँछ, त्यसैले पनि यहाँका सर्वसाधारणले आयोडिन नुनमा ध्यान नदिएका हुन्”, उहाँले भन्नुभयो– “आयोडिन नुन देख्दासमेत अनौठो मान्छन् ।” वर्षको दुई पटक उपल्लो मुस्ताङी र चिनियाँ व्यापारीले आयोजना गर्ने व्यापार मेलामा चीन सरकारले सीमा आसपासका छ गाविसलाई प्रतिघर आठ पाथीका दरले निःशुल्क ढिकेनुन वितरण गर्छ । लोमान्थाङका इन्द्रधारा विष्टका अनुसार केही होटलमा आयोडिन नुन प्रयोग गरिए पनि त्यो एकदमै कम छ । रासस