उनले आफूले यस्तो दमदार चलचित्रमा काम गर्नका लागि तयार हुनुको पछाडि आफ्नो लोभी स्वभाव रहेको बताइन् । विद्याले बलिउडमा महिलालाई सशक्त भूमिकामा देखाउनका लागि आफूले खेलेका चलचित्रले नै मुख्य भूमिका निर्वाहा गरेको दाबी समेत गरिन् ।
विद्याले महिला केन्द्रित चलचित्रको श्रेय लिन आफूलाई मनपर्ने पनि बताएकी छिन् । चलचित्रले वास्तविकता देखाउने भन्दै विद्याले आफूहरुको वरिपरीका महिला शर्तमा काम गर्न वाध्य भएको पनि खुलाइन् ।