११ भदौ, क्वालालम्पुर । मलेसियामा कार्यरत एक नेपाली चेलीले आत्महत्या गरेकी छन् । पाँचथरको भारपा सात निवासी २७ वर्षकी निलम पन्धाकले बुधबार बिहान सात बजेको समयमा आफू बस्ने होस्टलको ट्वाइलेटमा डोरीको पासो लगाइ आत्महत्या गरेकी हुन् ।
उनको शवलाई पोस्टमार्टमका लागि केलाङ अस्पतालमा राखिएको छ । पोस्टमार्टपछि शव नेपाल पठाउने तयारी भइरहेको मृतकका नातेदार राजन सुब्बाले जानकारी दिए ।
लिलमका श्रीमान र एक छोरा छन् ।