भरुवा बन्दुक पड्किदा वालिकाको मृत्यु

१२ भदौ, रोल्पा । भरुवा बन्दुक खेलाउने क्रममा पड्किएर शुक्रबार दिउसो घर्तीगाउँ-३ लामिडाडाँका २ वषिर्या बालिका सृष्टि घर्तीमगरको ज्यान गएको छ ।
नविन्द्र घर्तीमगरको घरको माथिल्लो तलाको कोठामा राखिएको बन्दुकलाई अर्को कोठामा ल्याएर खेलाउने क्रममै पड्किएर बालिकाको घटनास्थलमै मृत्यु भएको रोल्पाका प्रहरी नायब उपरीक्षक रमेश थापाले जानकारी दिए ।

घटनाको सूचना पाए लगत्तै प्रहरी घटनास्थलमा पुगेर मृतक बालिकाका हजुरबुबा मनबहादुर घर्ती र १४ वषिर्य भीमबहादुर घर्तीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरी प्रमुख थापाले बताए ।