हेरौं दुनियाँकै सुन्दर ६ राष्ट्रपति भवन


1785946595_1440410384दुनियाँमा यस्ता धेरै राष्ट्र छन्, जस्को राष्ट्रपति भवन असाध्यै सुन्दर र भव्य रहेको छ । यसको बनोट देखि लिएर निर्माणमा प्रयोग गरिएका सामाग्री र यसको बाहिरी बनोटको सुन्दरताले मानिसलाई एकचोटी राष्ट्रपति बनेर यी महलहरुमा बस्ने चाहना पैदा हुन सक्छ । वास्तविक जीवनमा तपाँईको चाहना पुरा नभए पनि दुनियाँका यी सुन्दर राष्ट्रपति भवनको तस्बिर हेरेर तपाँई आफ्नो चाहनालाई कल्पनामा भए पनि पुरा गर्न सक्नुहुन्छ ।

अबुधाबी, यूएई :- समुन्द्रको किनारामा बनेको यो महल असाध्यै सुन्दर रहेको छ । यसको मुख्य भवन २० लाख वर्गफिटमा छ । कामकाजको लागि नजिकै सानो कार्यलय रहेको छ । यसको ठिक अगाडी अमिपरात प्यालेस होटल छ, जुन ७० करोडको ज्वेलरी व्रिmसमस ट्रि का कारण चर्चामा आएको थियो । ३ हजार करोड लागतमा निर्माण भएको यो राष्ट्रपति भवनलाई अबुधाबीको फर्म इनवान आर्किटेक्चर र ग्रीसको कन्स्ट्रक्शन फर्मले निर्माण गरेको  थियो । यसलाई सबैभन्दा महंगो राष्ट्रपति भवन पनि मानिन्छ  ।
अस्ताना, कजाकिस्तान :-  जाकिस्तानमा इसिल नदीको किनारामा ८० मीटर अग्लो यो महल राष्ट्रपति कार्यलय हो, तर राष्ट्रपति निवास भने होइन ।  राष्ट्रपति कार्यलयका सबै कर्मचारी यहीँ बस्छन् । तीन वर्षमा सबै निर्माण कार्य पुरा भएको यस महलको सन्  २००४ मा निर्माण कार्य सुरु भएको थियो । यो बिल्डीङको सबैभन्दा माथि नीलो र सुनौलो रंगको डोम रहेको छ । विशेष पत्थरबाट बनेको यो महलमा नीलो शिसा र ठिक अगाडीको फूलहरुको ठुलो बगैचाले यसको सुन्दरतालाई अझ बढाएको छ । हरेक वर्ष २ लाख भन्दा पनि बढी पर्यटक यो महलको सुन्दरतालाई नियाल्न पुग्ने गर्दछ ।

astana, kajakistan

ग्य्रान्ड क्रेमलिन प्यालेस, रुस :- रुसको सत्ताको प्रमुख केन्द र विश्वप्रशिद्ध ग्य्रान्ड क्रेमलिन प्यालेस १२ वर्षमा निमार्ण कार्य सम्पन्न भएको भव्य महल हो । रुसमा शाही घरानाका आधिकारिक वास्तुकार कोन्स्टान्टिन थोनको रेख–देखमा यसलाई स्वर्ण महलको रुप दिएको थियो । बाहिर–भित्रको झ्यालमा सुन्दर नक्कासी यसको विशेष आकर्षण हो । त्यसो त, यो जारको निवास स्थान थियो । यसलाई बनाउनका लागि बरोक प्यालेस र एउटा चर्चलाई ध्वस्त पारेको थियो । तथापि, पछी त्यहाँ अर्को चर्च निर्माण गरियो, जुसलाई रुसको पहिलो चर्च मानिन्छ ।
grand cremlin,rus
प्राग, चेक गणराज्य :- दुनियाकै सुन्दर शहरका लागि प्रशिद्ध प्रागमा ९ औँ शताब्दीतिर नै राष्ट्रपति भवन बनाईसकेको थियो । सबैभन्दा पुरानो र धेरै ठुलो महल भएको कारण गिनिज बुक अफ रेकर्डमा पनि यसको नाम छ । मार्च १९३९ मा यात्राको दौरान एडोल्फ हिटलरले पनि यहाँ आराम गरेका थिए । सोभिएत संघको अवसान हुनुपुर्व कम्युनिस्ट सरकार यहीँबाट शासन चलाउँथ्यो । ७० हजार वर्गमीटरको यस महलमा अलग–अलग हल रहेका छन्, जसमा कयौँ विभागिय कार्यलय रहेका छन् । पहिले यो रोमन र बोहेमियाका राजाहरुको महल हुनेगथ्र्यो । यस महलको एक कोठामा बोहेमियाँका राजाको बहुमुल्य रत्नले जडेको मुकुट अझै सुरक्षित रहेको छ ।

prag,check ganarajya

ताइपे, ताइवान :- ताइवानको एक राष्ट्रपति भवन जापानी शासनको बेला निर्माण गरिएको थियो । आर्किटेक्ट यूहेजी नागानोले यसको डिजाइनमा यहाँको लोकल संस्कृति देखाउन कोशिस गरेका छन् । गृहयुद्ध समाप्तिपछि १९५० मा यस राष्ट्रपति भवन बनाएको थियो । ताइवानका गभर्नर जनरलको मुख्य कार्यलय र केही अन्य कार्यलय पनि यहीँ छन् । दोस्रो विश्वयुद्धको समय यसमा धेरै नोक्सान् पुगेको थियो ।

taipe,taiwan

ह्वाइट हाउस :- ह्वाइट हाउस अमेरिकी राष्ट्रपतिको सरकारी निवास र कार्यलय दुवै हो । वाशिंगटनको १६०० पेन्सिलभेनिया एवेन्यू एनडब्ल्यूको सुन्दर महल सन् १८०० देखि तत्कालिन राष्«पति जोन एडम्स पश्चात अहिलेसम्म  सबै अमेरिकी राष्ट्रपति यहीँ बस्दै आएक छन् । भित्री बनोट महल जस्तै रहेको भवनको बाहिरि बनोट सेतो ढुंगा र कलरका कारण यसलाई ह्वाइट हाउस भनिन्छ । एक्वा व्रmीक सैंडस्टोनबाट बनेको यस भवनको डिजाइन नियो क्लासिकल भनिन्छ ।
white house
साभार – आर्थिक न्युज डटकम

तपाईको प्रतिक्रिया

- See more at: http://www.rastriyakhabar.com/?p=38306#sthash.2CX9xLem.dpuf