९ भदौ, काठमाडौं । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले गणतन्त्रको प्रस्ताव कृष्ण सिटौलाको नभई अढाई करोड जनताको भएको बताएका छन् ।
गच्छदारले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई जवाफ दिएका हुन् । संविधानसभामा संविधान विधेयकमाथिको छलफलमा भाग लिँदै राप्रपा नेपालका अध्यक्ष कमल थापाले अघिल्लो संविधानसभामा सदस्य नै नभएका कृष्ण सिटौलाले गणतन्त्र घोषणाको प्रस्ताव पेश गरेको भन्दै अवैध भएको दावी गरेका थिए ।
थापा लगतै बोलेका गच्छदारले त्यसको जवाफ दिएका छन् । ‘पहिलो संविधानसभामा कमल थापा पनि हुनुहुन्नथ्यो । र कृष्ण सिटौला पनि दुभाग्यबस अघिल्लो संविधानसभामा हुनुहुन्नथ्यो’ गच्छदारले भने-गणतन्त्रको प्रस्ताव कृष्ण सिटौलाले ल्याएको होइन, अढाइ करोड जनताबाट निर्माण भएको संविधानसभामा गणतन्त्रको प्रस्तुत भएको र पारित भएको हो ।’
कमल थापालाई स्मरण गराउन चाहन्छु भन्दै उनले भने-२ करोड ५० लाख जनताको तर्फबाट प्रस्तुत गरिएको प्रस्ताव बन्दकोठामा चार नेताले तयार प्रस्ताव होइन, नेपाली जनताले तयार पारेको प्रस्ताव हो ।