चितवनमा बाघको आक्रमणबाट महिलाको मृत्यु

Chitwan-National-Park१४ भदौ, चितवन । पूर्वी चितवनको रत्ननगरमा बाघको आक्रमणबाट सोमबार दिउँसो एक महिलाको मृत्यु भएको छ ।चितवन राष्ट्रिय निकुञ्जमा घाँस काट्न गएकाबेला बाघले आक्रमण गर्दा रत्ननगर नगरपालिका १७ बद्रहानीकी २५ वर्षीया जानकी चौधरीको मुत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
हात्ती प्रजनन केन्द्र खोरसोर भन्दा करीब डेढ सय मिटर भित्र जंगलमा घाँस काट्न गएको बेला दिउसो १ बजे चौधरीलाई बाघले आक्रमण गरेको थियो । उनको शव परिक्षणको लागि भरतपुर अस्पतालमा राखिएको छ ।