१४ भदौ, वीरगञ्ज । वीरगञ्जमा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर एक आन्दोलनकारीको मृृत्यु भएको छ । केही घाइते भएका छन् ।कफ्र्यू तोडेर प्रदर्शनमा उत्रिएका मधेसी मोर्चाका कार्यकर्ताले प्रहरी चौकीमा आगजनी गरेपछि प्रहरीले गोली चलाएको थियो ।गोली लागेर घाइते भएका पर्सा मनियारीका ३० वर्षीय दिलिप चौरसियाको उपचारका क्रममा नारायण उपक्षेत्रीय अस्पतालमा मृत्यु भएको छ ।
श्रीपुर १४ राधेमाइ टोलीमा भएको झडपमा प्रहरी हानेको गोली उनको ढाडमा लागेको थियो । वीरगञ्ज २५ जगनाथपुरका चौरसिया वीआईटीका विद्यार्थी समेत हुन् ।
प्रहरीको गोली लागेर पन्नाला यादव घाइते भएका छन् । उनलाई घुाडामा गोली लागेको छ ।
वीरगञ्ज आइतबार रातिदेखि नै तनावग्रस्त थियो । प्रहरीले स्कर्टिङ गरेर सवारी साधनहरु पठाउने खोजेपछि मधेसी मोर्चाका कार्यकर्ताले अवरोध गरेका थिए । सोमबार विहानबाटै झडप भएपछि स्थानीय प्रशासनले ४ बजेपछि कफ्र्यू लगाएको थियो ।
तर, मोर्चाका कार्यकर्ताले कफ्र्यू उल्लंघन गरे । उनीहरुले राजीघाट प्रहरी चौकीमा आगजनी गरे । घण्टाघरस्थित नेपाल टेलिकमको कार्यालयमा समेत आन्दोलनकारीले तोडफोड गरेका छन् ।